समाज


रुपन्देहीका १७ वर्षीय युवाको पोखरीमा डुबेर मृत्यु

रुपन्देहीका १७ वर्षीय युवाको  पोखरीमा डुबेर मृत्यु

प्रकाश न्यौपाने
भदौ १५, २०७७ सोमबार ११:३८,

रुपन्देहीमा पोखरीमा डुब्दा एक युवाको ज्यान गएको छ।

जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–५ का अनिद अहमदको छोरा १७ वर्षीया सदाव आलमको सोमबार पानी पोखरीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

 घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेका आलमलाई छिमेकीले उद्धार गरेका थिए। उनलाई त्यसपछि आफन्तले उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ल्याएका थिए।

उनको उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .