आइतबार मात्र चेक रिपब्लिकका सिनेटका सभामुख मिलोस भाइसटार्सल ताइवान भ्रमणका लागि आइपुगेका छन्।
भाइसटार्सल ९० प्रतिनिधिसहित ताइवान पुगेका हुन्। यसबीचमा चीनका विदेशमन्त्री यीले भाइसटार्सललाई लक्षित गर्दै एक चीन नीतिलाई नमान्ने दण्डित हुने बताएका हुन्।
चीनको चेतावनी बाबजुद पनि चेक रिपब्लिकले ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा हेर्नु आपत्तिजनक कार्य भएको यीको भनाइ छ।
उनले ताइवान चीनको अविभाज्य क्षेत्र भएको साथै यसरी ताइवानको भ्रमण गरिनु उक्साहटपूर्ण कार्य भएको बताए।
चीनले ताइवान आफ्नो मूलुक भएको बताइरहँदा ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ। अमेरिकाले यो भू–राजनीतिक विवादमा ताइवानको साथ दिएको छ। एजेन्सी
On behalf of the people of #Taiwan, I’d like to extend a sincere welcome to #CzechRepublic @SenatCZ President @Vystrcil_Milos & all the members of the delegation. Our nations share many core values & we look forward to furthering cooperation in all areas. pic.twitter.com/qEKXB3MLPH
— 蔡英文 Tsai Ing-wen (@iingwen) August 30, 2020
प्रतिक्रिया