ad ad

समाज


आज रातिदेखि वर्षा बढ्ने सम्भावना

आज रातिदेखि वर्षा बढ्ने सम्भावना

नेपालखबर
भदौ १५, २०७७ सोमबार ३:५७,

आज (सोमबार) देखि दुई दिनसम्म वर्षा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार खासगरी रातिदेखि एक-दुई दिनलाई वर्षा हुने क्रम बढ्ने सम्भावना देखिएको हो।

उनका अनुसार केही दिनयता खासै वर्षा नहुँदा तथा दिनभर घाम लाग्दा देशभर गर्मी भएको थियो। ‘अब आज रातिबाट एक–दुई दिन वर्षा बढ्ने सम्भावना रहेकाले गर्मीमा राहत हुने देखिएको छ,’ उनले भने।

मौसमविद् पौडेलका अनुसार अहिले पानी पार्ने मौसमी प्रणाली पूर्वतिर सक्रिय छ र यो बिस्तारै पश्चिम सर्ने क्रममा छ। ‘ताप्लेजुङ, धनकुटा, विराटनगर क्षेत्रमा बिहानदेखि हल्का वर्षा भइरहेको छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अुनमान गर्ने गर्छ। जसअनुसार मंगलबार र बुधबार वर्षाको सम्भावना यस्तो छ-

मंगलबार

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशभर पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र प्रदेश १ र प्रदेश २ का केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश , प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

बुधबार

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानमा  भारी वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .