बझाङमा शनिबार यात्रुबाहक जिप दुर्घटना भएको छ।
केदारस्युँ गाउँपालिका-७ सुङ्गरीका जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी टोली दुर्घटनास्थलतर्फ गएको छ।
केदारस्युँ गाउँपालिका-७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका-६ चुवापनतर्फ गइरहेको सेच ००१२६४४ नम्बरको जिप दुर्घटना भएको हो।
प्रहरीका अनुसार, दुर्गाथली गाउँपालिका-६ र केदारस्युँ गाउँपालिका-७ को सिमानामा पर्ने सुँगरे भन्ने स्थानमा दुर्घटना भएको छ। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको खबर शनिबार अपराह्न साढे ४ बजे आए पनि भौगोलिक विकटताले प्रहरी टोली अझै दुर्घटनास्थल पुग्न सकेको छैन। दुर्घटनाबारे यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया