ad ad

समाज


नेपालमा एकैदिन १२ सय २१ जना कोरोना संक्रमित थपिए, २६७ जना निको भए

नेपालमा एकैदिन १२ सय २१ जना कोरोना संक्रमित थपिए, २६७ जना निको भए

नेपालखबर
भदौ १४, २०७७ आइतबार १०:४१,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २२१ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार नेपालमा हाल संक्रिय संक्रमित १७ हजार ५१८ रहेको छ।

प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १२ हजार ७१७ पीसीआर परीक्षण गरिएको छ।

 उनले पछिल्लो २४ घण्टामा २६७ जना संक्रिमित निको भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ८२२ रहेका छन्। 

पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरी १४ जनाको निधन भएको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .