ad ad

समाज


मोटरसाइकल चोरेर भाग्दै गरेका दुई युवा पक्राउ

मोटरसाइकल चोरेर भाग्दै गरेका दुई युवा पक्राउ

नेपालखबर
भदौ १४, २०७७ आइतबार १०:४६,

बाराको कलैया उपमहानगरपालिका–४ स्थित बिगन महतोको घरबाट चोरी भएको बा ७६ प १६९४ नम्बरको मोटरसाइकल सहित सिम्रौनगढ नगरपालिका–९ स्थित अडुवा खोलाको पुलबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय सरफराज मियाँ र सोही ठाउँ बस्ने २२ वर्षीय जफिर आलम रहेका छन्।

बारा देवताल गाउँपालिका–३ बस्ने राजु कुमार कुशवाहाको उक्त मोटरसाइकल र मोबाइल समेत चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको मालसामान तथा ४ थान मोबाइल लिई सोही मोटरसाइकलमा भागिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनीहरु उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .