उत्तर चीनको साङ्सी प्रान्तको लिन्फेन सहरस्थित एक रेस्टुरेन्ट भवन भत्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीका अनुसार जियाङगफेन काउन्टीको चेन्जुआङ गाउँमा रहेकाे रेस्टुरेन्ट भवन शनिबार भत्किएकाे हाे।
भवनले थिचिएका ४५ जनालाई शनिबार साँझसम्म उद्धार गरिएको छ भने तीमध्ये ७ गम्भीर र २१ जना सामान्य घाइते रहेका उद्धारमा संलग्नले जानकारी दिएका छन्।
अझै अन्य व्यक्ति पनि फसेको आंशकामा उद्धार जारी रहेको स्थानीयले बताएका छन्। एजेन्सी

प्रतिक्रिया