सिरहाका ८४ वर्षीय कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।
सिरहाको भदैया–६ बनिवासी ती बृद्धको उपचारका क्रममा मृत्यु शुक्रबार राति करिब साढे ११ बजे निधन भएको प्रतिष्ठानले जनाएको छ।
मृतकमा बृद्धमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको र उनी मिर्गौलाका रोगी रहेका समेत रहेका र लामो समयदेखि डायलसिससमेत गराउँदै आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।
भदौ ६ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका ती बृद्धमा ठ गते कोरोना पुष्टि भएको थियो। कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया