गण्डकी प्रदेशका कोरोनाा संक्रमितको संख्या २ हजार ७७ पुगेको छ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणबाट थप २१ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु सबै कन्ट्रयाक्ट टे«सिङ अर्थात् संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरु भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाएका छन्।
उनका अनुसार संक्रमितहरु नवलपुरको विनयत्रिवेणीका १९ जना रहेका छन्। विनयत्रिवेणी वडा नम्बर ६ का ६ महिलासहित १२ जना, वडा नम्बर ७ का ६ महिला र २ पुरुष गरी ८ जना, तथा गैंडाकोट वडा नम्बर १ का १ जना पुरुष रहेका छन्।


प्रतिक्रिया