समाज


अमेरिकाको ‘कोरोना केन्द्र’ न्युयोर्कमा घट्यो संक्रमण, शुक्रबार महामारीयताकै कम संक्रमित

अमेरिकाको ‘कोरोना केन्द्र’ न्युयोर्कमा घट्यो संक्रमण, शुक्रबार महामारीयताकै कम संक्रमित

नेपालखबर
भदौ १३, २०७७ शनिबार २:४८,

विश्वमै सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकाको न्युयोर्कमा दैनिक संक्रमण दर अहिलेसम्मकै कम देखिएको छ।

त्यसमा पनि अमेरिकाको कोरोना केन्द्र नै न्युयोर्क हो।

न्युयोर्कका गभर्नर एन्ड्र्यु कुमोले धेरै समयपछि राज्यमा शुक्रबार महामारीयताकै सबैभन्दा कम संक्रमित देखिएको बताएका छन्। उनका अनुसार त्यस दिन संक्रमणदर ०.६५  प्रतिशतमा झरेको हो।

शुक्रबार न्युयोर्कमा ९७ हजार ८२६ नमुना परीक्षण गरिएकामा जम्मा ६३६ जनामा मात्र कोरोना पोजिटिभ आएको हो। त्यस्तै संक्रमितमध्ये त्यस दिन जम्मा ३ जनाको मृत्यु भएको छ।

पछिल्लो तीन हप्तायता यहाँ दैनिक संक्रमणदर एक प्रतिशतभन्दा कम भइरहेको छ।

यसका लागि गभर्नर कुमोले न्युयोर्कवासीलाई धन्यवाद दिएका छन्।

मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेजस्ता नियम पालनाका कारण नै यसरी संक्रमण दर घटेको उनले बताए। उनले भने, ‘यसबाट निकै फरक पर्‍याे।’

शुक्रबारसम्म न्युयोर्कमा संक्रमितको कूल संख्या ४ लाख ३२ हजार ७६७ पुगेको छ भने तीमध्ये २५ हजार ३१२ को मृत्यु भएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad