समाज


कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा छोरा, स्वास्थ्य अवस्था सामान्य

कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा छोरा, स्वास्थ्य अवस्था सामान्य

नेपालखबर
भदौ १३, २०७७ शनिबार २:३४,

चितवनको भरतपुर अस्पतालमा एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन्।

गोरखा नगरपालिका-१० छेपेटारकी ३७ वर्षीया महिलाले जुम्ल्याहा छोरालाई जन्म दिएकी हुन्। अहिले आमा र शिशुहरुको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।

उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा.रामप्रसाद सापकोटाले जानकारी दिए।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए। डा.सापकोटाले कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए।

गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हो। भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad