क्यानसिनो बायोलोजिक्सले चिनियाँ सेनासँग मिलेर बनाएको खोप आकस्मिक प्रयोगका लागि चाँडै स्वीकृत गराउनेबारेमा विभिन्न देशसँग छलफल गरिरहेको वालस्ट्रिट जर्नलले जनाएको छ।
बायोलोजिक्सले कोरोनाको विशेष खोप उपलब्ध नभइन्जेल आफ्नो खोप प्रयोग गर्न सकिने बताएको छ। कम्पनीले आफ्नो खोप सुरक्षित भएको दाबी गरेको छ।
चिनियाँ कम्पनीले बनाएको खोपले विभिन्न देशमा आकस्मिक प्रयोगका लागि स्वकृति पाए अन्तर्राष्ट्रियस्तरमा खोप लगाउन स्वीकृति पाउने यो पहिलो कम्पनी हुनेछ।
स्वीकृति प्राप्त गरेपनि सुरुवातमा यो खोप स्वास्थ्यकर्मी, प्रहरी तथा सेनामा प्रयोग हुने जनाइएको छ। विज्ञहरुका अनुसार खोपको प्रतिस्पर्धामा अगाडि रहन विभिन्न कम्पनीले विभिन्न प्रयास गरिरहेका छन्।
चिनियाँ कम्पनीको प्रयास पनि त्यस्तै भएको बताइएको छ। हालैमात्र रुसले आफूले देशमा बनेको खोप प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको बताएको छ।
तर यस खोपलाई डब्लूएचओले मान्यता दिएको छैन। यसबीचमा रुसी खोपमा विश्वास नहुनेले आफैंले खोप बनाउनु भनेर रुसले प्रतिक्रिया दिइसकेको छ। एजेन्सी

प्रतिक्रिया