समाज


काठमाडौंका १२५ फोटोपत्रकारको पीसीआर परीक्षण

काठमाडौंका १२५ फोटोपत्रकारको पीसीआर परीक्षण

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ११:५५,

विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुको आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो।

राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्ध रहेका र विभिन्न सञ्चार गृहमा कार्यरत १२५ जना फोटोपत्रकारहरुको पीसीआर परीक्षण गरिएको हो।

PCR_TEST_NFPJ_5.JPG

देशका विभिन्न प्रयोगशालामा भइरहेको परीक्षणमा सञ्चारकर्मीमा पनि संक्रमण पोजेटिभ देखिन थालेपछि मन्त्रालयले उपत्यकामा परीक्षणका लागि समन्वय गरेको एनएफपीजेले जनाएकाे छ।

देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ। पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी पनि जोखिममा रहेपछि उपत्यकामा परीक्षण तिब्र पारिएको छ।

हाल काठमाडौंमा रहेका फोटोपत्रकाहरुलाई कोभिड पोजेटिभको लक्षण देखिएकाले सम्पूर्ण अग्रपंक्तिमा कार्यरत फोटोपत्रकारको स्वाव संकलन गरिएको एनएफपीजे नेपालका महासचिव प्रदिपराज वन्तले वताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad