समाज


सुदूरपश्चिम बाहेक ६ वटै प्रदेशका पत्रकार संक्रमित, कुन प्रदेशमा कति?

सुदूरपश्चिम बाहेक ६ वटै प्रदेशका पत्रकार संक्रमित, कुन प्रदेशमा कति?

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ११:४०,

नेपाल पत्रकार महासंघले सुदूरपश्चिम प्रदेश बाहेक बाँकी ६ वटा प्रदेशमा पत्रकारहरु कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएको जनाएको छ।

महासंघमाअभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन्। जसमा केही पत्रकार महिलामा समेत संक्रमण देखिएको छ। महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन्।

जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन्।

त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन्। जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन्।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन्। जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन्।

यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन्। जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन्।

प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन्। जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन्। त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन्।

 विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन्। संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेका छन्।

यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको महासंघले जनाएकाे छ।

महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघ आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad