समाज


चितवनबाट काठमाडौं आउँदै गरको माइक्रो खोलामा खस्यो, १२ जना घाइते

चितवनबाट काठमाडौं आउँदै गरको माइक्रो खोलामा खस्यो, १२ जना घाइते

नेपालखबर
साउन ६, २०७६ सोमबार ५:१५,

पृथ्वी राजमार्गअन्तर्गत धादिङमा सोमबार बिहान बससँग ठोक्किएर माइक्रो बस खोलामा खसेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार धादिङको थाक्रे गाउँपालिका-१, खयरघारीमा काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रोबस लु २ ख २१३४ नम्बरको बसमा ठोक्किएकाे हो।

बसले ठक्कर दिएपछि माइक्रोबस स्थानीय महेश खोलामा खसेको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडाैँस्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad