ad ad

राजनीति


कुलमानको पुनर्नियुक्ति हल्लामा मन्त्री खतिवडाको ठट्टाः सामाजिक सञ्जालले दियो होला, सरकारले दिएको छैन

कुलमानको पुनर्नियुक्ति हल्लामा मन्त्री खतिवडाको ठट्टाः सामाजिक सञ्जालले दियो होला, सरकारले दिएको छैन

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ११:१,

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमा ९ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पुनः चार वर्षको लागि नियुक्ति दिएको भनेर बधाईको ओइरो आइरहँदा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा बताएका हुन्।

आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले घिसिङलाई नियुक्ति नदिइएको जानकारी गराए।

उनले भने, ‘सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन।’ सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा नभएको भन्दै उनले ठट्टा समेत गरे।

उनले मन्त्रिपरिषदमा प्राधिकरणको कार्यकारी निर्देशकसम्बन्धी नियुक्तिको प्रस्ताव समेत नआएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .