ad ad

समाज


काठमाडौं बन्यो कोरोनाको प्रमुख हट स्पट, यस्तो छ पाँच दिनको तथ्यांक

काठमाडौं बन्यो कोरोनाको प्रमुख हट स्पट, यस्तो छ पाँच दिनको तथ्यांक

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १०:४६,

केहि दिनदेखि निरन्तर संक्रमितको संख्या तीब्ररुपमा बढ्दै गएपछि संघीय राजधानी रहेको काठमाडौं जिल्ला कोरोनाको प्रमुख हट स्पट बनेको छ।

विगत पाँच दिनदेखिको संक्रमणको दर हेर्दा कोरोना धेरै फैलिएका जिल्लामध्ये पनि काठमाडौं सबैभन्दा अगाडी रहेको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा मात्र २७० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा क्रमशः ६६ र ४१ सहित उपत्यकाका तीन जिल्लामा एकैदिन कुल ३७७ जना संक्रमित भएका छन्।

उपत्यकामा एकैदिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो। हिजो बुधबार पनि काठमाडौं उपत्यकामा संक्रमितको हुनेको संख्या हिजोसम्मकै उच्च थियो।

बुधबार काठमाडौं जिल्लामा २३० जनामा संक्रमण भएको थियो भने ललितपुरका ४७ र भक्तपुरका २४ जना गरी उपत्यकामा कुल ३०१ जनामा संक्रमण भएको थियो।

यसरी काठमाडौंमा दैनिक संक्रमितको संख्या तीब्ररुपमा बढिरहेको छ।

बुधबार धेरै संक्रमित भेटिएका अन्य जिल्लामा क्रमश: सर्लाही १२०, सुनसरी ५५, ललितपुर ४७, धनुषा ४३ र चितवन ४२ हुन्।

त्यसैगरी मंगलबार पनि अन्य जिल्लाहरुको तुलनामा काठमाडौँमै सबैभन्दा उच्च १९९ जना, रुपन्देहीमा ६९, सर्लाहीमा ५८, डोटीमा ४५, मोरङमा ४३ र धनुषामा ४२ जना संक्रमित भेटिएका थिए।

सोमबार पनि संक्रमितको संख्या काठमाडौँमै सबैभन्दा उच्च थियो। मन्त्रालयका अनुसार सो दिन काठमाडौं जिल्लामा मात्र १७७, बारामा ९४, कैलालीमा ७९ र मोरङमा ३१ थिए।

आइतबार काठमाडौंमा दोस्रो उच्चसंख्यामा संक्रमित भेटिएका थिए। सो दिन पर्सामा १३९, काठमाडौँमा १२६, सर्लाहीमा ९१, मोरङमा ५०, धनुषामा ६० र बारामा ३९ जना संक्रमित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .