ad ad

समाज


काठमाडौंमा व्यापक वर्षा, मौसमविद् भन्छन् : यो अझै बढ्ने सम्भावना छ

काठमाडौंमा व्यापक वर्षा, मौसमविद् भन्छन् : यो अझै बढ्ने सम्भावना छ

नेपालखबर
भदौ ११, २०७७ बिहिबार १०:४३,

काठमाडौं उपत्यकामा अहिले (दिउँसो ४:२१ बजे) व्यापक वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी माैसमविद् विभूति पाेखरेलका अनुसार वर्षा भर्खरै सुरु भएको हो र यो बढ्दाे क्रममा छ।

‘भर्खर सिस्टम सुरु भएकाे हाे, अहिले उपत्यकाभर जसो नै वर्षा भइरहेको छ,’ नेपालखबरसँग उनले भनिन्, ‘यो कम्तीमा २–३ घण्टा रहने देखिन्छ।’

अहिले नै यसलाई भारी वर्षा भन्न नमिल्ने तर यो निरन्तर जारी रहे भारी वर्षामा परिणत हुन सक्ने उनले बताइन्।

आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार विभिन्न प्रदेशका साथै बागमती प्रदेशका पनि एक-दुई स्थानमा भारी वर्षा हुने गरिएकाे छ।

थप विवरण यहाँआज यी प्रदेशमा दिउँसो र राति दुवै समय भारी वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .