समाज


काेराेनाविरुद्ध पहिलो खोपको ‘सफलता’पछि दोस्रो खोप निकाल्दै रुस

काेराेनाविरुद्ध पहिलो खोपको ‘सफलता’पछि दोस्रो खोप निकाल्दै रुस

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ०:५४,

कोरोनाविरुद्ध एउटा खोपको ‘सफलता’पछि रुस अर्काे खोप निकाल्ने तयारीमा लागेको छ।

केही दिनअघि मात्र संसारमा सबैभन्दा पहिले आफूले कोरोनाविरुद्ध सफल खोप बनाएको घोषणा गरेको रुसले अर्काे खोप पनि उत्पादनका लागि सरकारी अनुमति पाउने चरणमा पुगेको दाबी गरेको हो।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसका डेपुटी प्रधानमन्त्री तात्याना गोलिकोवाले साइबेरियास्थित भेक्टर भाइरोलोजी इन्स्टिच्युटमा बनिरहेको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल सेप्टेम्बरसम्म सकिने जानकारी दिएका हुन्।

उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारित एक भर्चुअल बैठकमा राष्ट्रपति भ्लादमिर पुटिनलाई यस्तो ब्रिफिङ सुनाएका हुन्।

यो खोपको पहिलो र दोस्रो चरणको ट्रायलमा कुनै नकारात्मक नतिजा नदेखिएकाले अब तेस्रो चरणको ट्रायल गरिने उनले बताएका छन् ।

यसअघि रुसले ‘सफल’ भइसकेको दाबी गरेको स्पुतनिक–५ खोपप्रति पनि विश्वका वैज्ञानिकले अविश्वास व्यक्त गरेका छन्। विश्व स्वास्थ्य संगठनले समेत खोपबारे आफूलाई जानकारी नभएको बताइरहेको छ।

रुसले अगाडि हुने हतारमा खोप परीक्षणको सबै प्रक्रिया पूरा नगरेको हुन सक्ने आशंका उनीहरूको हो।

तर रुसका राष्ट्रपति पुटिनले भने आफूले बनाएको खोप सुरक्षाका सबै मानकमा खरो उत्रिएको र आफ्नी छारीले समेत लगाउँदा परिणाम प्रभावकारी आएको दाबी गरेका छन्। र, उत्पादन सुरु गरिएको जानकारी दिइसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad