काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका तीन जिल्लामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो।
3
Shares
प्रतिक्रिया