समाज


एकै परिवारका पाँच सदस्यलाई घरमै झुण्ड्याएर हत्या

एकै परिवारका पाँच सदस्यलाई घरमै झुण्ड्याएर हत्या

नेपालखबर
भदौ ८, २०७७ सोमबार ७:५८,

भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ।

परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ। ती सबै शवलाई प्रहरीले अहिले पोस्टमार्टमका लागि पठाइएको जानकारी प्रहरीले दिएको छ।

उनीहरु एकै परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्नेछ।

भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ। आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन्।

खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएबका छन्। रासस÷एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad