तर कोरोनाभाइरसका कारण कुनै औपचारिक समारोह गर्नुको साटो प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।
सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९औं दिन प्रधानमन्त्री पदमा रहन सफल भएका हुन्।
यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका थिए।
अर्को महिना ६६ वर्षमा प्रवेश गर्ने आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अबधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसकेका थिए।
स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अबरुद्ध भएको थियो। त्यसबखत उनी एक वर्षमात्र प्रधानमन्त्रीमा रहेका थिए।
अहिले पनि उनको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ। पछिल्लो एक साताको अवधिमा उनी दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन्।
दोस्रो पटक अस्पताल पुग्नेक्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिए। उनले भने,“मेरो स्वास्थ्य अहिले ठीक छ, र म अझ कडा मिहिनेत गर्न चाहन्छु।” रासस/एपी

प्रतिक्रिया