राजनीति


गृहमन्त्रीको सचिवालय भन्छः खोला किनारमा कार्यक्रम गरेको हो, धानबालीमा होइन

गृहमन्त्रीको सचिवालय भन्छः खोला किनारमा कार्यक्रम गरेको हो, धानबालीमा होइन

नेपालखबर
भदौ ८, २०७७ सोमबार ८:१,

अछामको रामारोशनमा बाढी पीडितको निरीक्षण गर्न गएका गृहमन्त्री रामबहादुर थापालगायत नेताहरुले धानबाली मिचेर सभा गरेको भन्ने समाचारको गृहमन्त्रीको सचिवालयले खण्डन गरेको छ।

सोमबार प्रेस नोट प्रकाशित गरी राहत वितरणको क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गत मंगलबार राति रामारोशन गाउँपालिका–५ को स्थानीय कैलाश खोलामा आएको बाढी बस्तीमा पसेको थियो। बाढी बस्तीमा पस्दा १७ जना बेपत्ता भएका थिए। बाढीले खोला किनारको धानखेतीसमेत नष्ट गरेको थियो। बाढीबाट बचेकाे धानखेतीमै गृहमन्त्री रामबहादुर थापासहितको जम्बो टोलीले सभा गरेकाे फाेटाे सामाजिक सञ्जालमा भाइरल बनेकाे छ।

गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको नकि प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको बताएका छन्।

उनले राहत वितरणको क्रममा धानबाली नस्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार भएको दाबी पनि गरेका छन्। कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको बताइएको छ।

बाढीले नस्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल बनाईएको सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावहरुलाई आत्मसात गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने सचिवालयले जनाएको छ।

अछाम बाढीः ८ जनाको शव भेटियो, ९ जना अझै बेपत्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad