ad ad

समाज


सिरहामा मृत्युको ३ दिनपछि कोरोना पुष्टि, मलामी जानेहरु क्वारेन्टिनमा

सिरहामा मृत्युको ३ दिनपछि कोरोना पुष्टि, मलामी जानेहरु क्वारेन्टिनमा

शैलेन्द्र महतो
भदौ ६, २०७७ शनिबार ६:४८,

सिरहाका एक पुरुषमा मृत्यु भएको तीन दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा मृत्युको तीन दिनपश्चात् कोरोना संक्रमण पुष्टि भएको हो।

सिरहाका स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादवले दिएको जानकारी अनुसार मधुमेह र उच्चरक्तचापका दीर्घ रोगी रहेका ती पुरुषलाई रुघाखोकी, उच्च ज्वरो र श्वासप्रश्वासजस्ता समस्याले च्यापेपछि गएको बुधबार उनको घरमै मृत्यु भएको थियो।

रुघाखोकी लाग्नुका साथै ज्वरो आएपछि गएको मंगलबार नै उनको स्वाब संकलन गरिएको थियो। स्वाब संकलनको भोलिपल्टै ती पुरुषको मृत्यु भए पनि प्रादेशिक प्रयोगशाला जनकपुरबाट उनको स्वाब रिपोर्ट शुक्रबार राति आएको र उनको रिपोर्ट पोजेटिभ रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए।

मृत्युको तीन दिनपश्चात् कोरोना पुष्टि भएपछि गाउँमा त्रास फैलिएको छ। ती पुरुषको मृत्युु पश्चात् आफन्त र गाउँलेले सोहि दिन अन्त्येष्टि गरेका थिए।

उनको मलामीमा सहभागी भएकाहरूलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको र सम्बन्धित पालिकालाई भनेर कन्ट्याक्ट् ट्रेसिङको काम भइरहेको स्वास्थ्य प्रमुख यादवले नेपालखबरलाई जानकारी दिए।

 योसँगै सिरहामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .