ad ad

समाज


रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचन नभाल्नीलाई उपचारको लागि जर्मनी लगियो

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचन नभाल्नीलाई उपचारको लागि जर्मनी लगियो

नेपालखबर
भदौ ६, २०७७ शनिबार ६:५१,

गम्भीर अवस्थामा रहेका नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको बीबीसीले जनाएको छ।

नभाल्नी गत बिहीबार नै अचेत अवस्था पुगेका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गरेका नभाल्नी अचेत बनेको बताएका छन्। जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छिन्।

मस्को जाँदै गर्दा बिहीबार नभाल्नी विमानमै बिरामी परेका थिए। लगत्तै उनी सवार विमानले आपत्‌कालीन अवतरण गरेको थियो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आएका थिए। ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल पनि परिसकेका छन्।

कोमामा रहेका उनको स्थिति स्थिर रहेको बताइएको छ।

चिकित्सकहरूले उनको शरीरमा विष नपाइएको बताउँदै उनको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ‘मेटाबोलिक डिसअर्डरले’ निम्ताएको हुन सक्ने सङ्केत गरेका छन्।

उनको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूले सङ्केत गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .