नेपालमा मानव अधिकारको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले आगामी कार्तिकको २६, २७ र २८ गते काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो।
आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष अनुपराज शर्माले ४० लाखभन्दा बढी विदेशमा काम गर्न जाने मजदुरहरुको हक, अधिकारलाई सुनिश्चित गराउने गरी सम्बन्धित राष्ट्रहरुसहितको उपस्थितिमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।
सम्मेलनमा नेपाली कामदार जाने देशका सरकार तथा मानव अधिकार आयोगका पदाधिकारीहरु सहभागी हुनेछन।
विदेशमा काम गर्न जाने कामदारहरुले अनेक पीडा भोग्नु परेपछि ती समस्या समाधानका लागि सन् २०१० बाटै विभिन्न मुलुकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने गरेको छ। नेपालमा पनि विदेशमा काममा जाने नागरिकहरुको संख्या उल्लेख्य रहेका छन्। उनीहरुको मानव अधिकारसँग सम्बन्धित समस्या समस्या समाधानका लागि आवश्यक रणनीति तय गर्न सो सम्मेलन आयोजना गर्न लागिएको पनि आयोगका अध्यक्ष शर्माले स्पष्ट पारे।

प्रतिक्रिया