मायामीको समुन्द्री किनारमा उनले आफ्ना पति निक जोनस, आमा मधु चोपडासहित अन्य व्यक्तिहरुसँग जन्मदिन मनाइन्।
सो क्रममा पति निक, आमा मधुसहित उनले चुरोट तानिन्। उक्त फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि प्रियंकाको यतिबेला ट्रोल बनेको छ।
भारतमा प्रियंकाको ट्रोलसँगै आलोचना सुरु भएको छ। उनीमात्र ट्रोलको शिकार बन्नुको एक कारण छ।

गतवर्ष प्रियंकाले एक भिडियो सार्वजनिक गर्दै दिवाली पर्वमा पटेका पड्काएर वातावरण फोहोर नगर्न आग्रह गरेकी थिइन्।
Yeh kaun saa Asthma hai jo kewal Diwali me hi hota hai ?? pic.twitter.com/EhhzlO4ZhY
— Sushant Kumar Rai ?? (@Skraivns) July 21, 2019उनले आफूलाई आस्थ्माको बिमार भएकाले धुवाँले आफूलाई असर गर्ने बताएकी थिइन्। दिवालीमा बत्ती बाल्नुपर्ने उनले तर्क गरेकी थिइन्।
यसैगरी प्रियंकाले सन् २०१० मा चुरोट तान्नु गलत हो भनेर समेत बताएकी थिइन्। यतिबेला मानिसहरु त्यही विषयलाई उचालेर प्रियंकाको ट्रोल बनाइरहेका हुन्।
मानिसहरुले प्रियंकालाई आस्थ्मा भएको भए उनले किन चुरोट तानेको भनेर आलोचना गरेका छन्। केहीले प्रियंकाले गतवर्ष आफ्नो ढोंगीपन देखाउनमात्र भिडियो पोस्ट गरेको प्रस्ट भएको बताइरहेका छन्।
— PRIYANKA (@priyankachopra) February 6, 2010@all_iz_wel smoking is awful!! Yuck!!

प्रतिक्रिया