ad ad

समाज


कोरोनाका कारण वीरगन्जमा ४८ वर्षीय पुरुषको मृत्यु

कोरोनाका कारण वीरगन्जमा ४८ वर्षीय पुरुषको मृत्यु

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ९:५१,

वीरगन्जमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका एक कर्मचारीले दिएको जानकारी अनुसार मुटुरोग, उच्च रक्तचाप रोगबाट ग्रसित वीरगन्ज महानगरपालिका–१० बस्ने ती पुरुषलाई नारायणी अस्पतालको आर्इसीयूमा भर्ना भएको बेला कोरोना परीक्षण गरिएको थियो। उनको रिपोर्ट पोजेटिभ आएपछि गएको साउन ३२ गते वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियो।

बिहीबारदेखि स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई राति भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा शुक्रबार दिउँसो उपचारको क्रममा मृत्युु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि बिहीबार साँझ कोरोना संक्रमणबाट वीरगन्ज हेल्थकेयरमै उपचारको क्रममा ७५ वर्षीय पुरुषको मृत्युु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .