ad ad

समाज


बिहीबार भारतमा दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च, विश्वमा उल्लेख्य अरू के के भए?

बिहीबार भारतमा दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च, विश्वमा उल्लेख्य अरू के के भए?

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ०:१,

बिहीबार भारतमा दैनिक कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च देखिएकाे छ। काेराेनासम्बन्धी विश्वमा उल्लेख्य अरू के के भए? जुन यसप्रकार छन्- 

बिहीबार भारतमा थप ६९ हजार ६५२ जनामा कोरोना संक्रमण पुष्टि भयो, जुन एक दिनमा थपिने संक्रमितको संख्या अहिलेसम्मकै बढी हो। भारतमा अहिलेसम्म संक्रमितको संख्या २८ लाख ४० हजार नाघेको छ। तीमध्ये ५३ हजार ८ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

क्रोएसिया, अस्ट्रिया र ट्रिनिडाड तथा टोब्यागोबाट ब्रिटेन आउने मानिस १४ दिन क्वारेन्टिन बस्नपर्छ। तर पोर्तुगलमा कोरोना संक्रमण कम हुन थालेकाले त्यहाँबाट आउने मानिसका लागि हटाइएको छ।

युरोपमा कोरोना संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेको छ। जर्मनीमा अप्रिलपछि दैनिक संक्रमण दर अहिलेसम्मकै बढी देखिएको छ। बितेको २४ घण्टामा जर्मनीमा १७०७, फ्रान्समा ३७७६ र स्पेनमा ३७१५ नयाँ संक्रमित फेला परेका छन्।

दक्षिण कोरियामा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ। त्यहाँ २४ घण्टामा २८८ संक्रमित थपिएपछि त्यहाँको सरकारले एक ठाउँमा १० भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .