समाज


काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौंमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ०:१४,

कोरोना संक्रमणका कारण काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत बालुवाटारका ७६ वर्षीय व्यक्तिको बिहीबार साँझ मृत्यु भएको हो।

अस्पतालका प्रवक्ता डा. प्रविण नेपालका अनुसार अस्पताल भर्ना भएको एक घण्टामै ती पुरुषको मृत्यु भएको हो। उनमा ६ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

घरमै आइसोलेसनमा बसेका उनी अवस्था गम्भीर भएपछि अस्पताल ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भउको सशस्त्र अस्पतालले जनाएको छ।

यसअघि बिहीबार नै कोरोनाबाट काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो। काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .