समाज


वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई

वडाध्यक्षको तलब ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई

नेपालखबर
साउन ५, २०७६ आइतबार ९:३६,

स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन्।

आइतबार बिहान वडा नं १ को वडा कार्यालयमा गाउँका ज्येष्ठ नागरिक (७० वर्षमाथिका) र अपांगता भएका व्यक्तिलाई अध्यक्ष कुँवरले आफूलाई आएको रकम हस्तान्तरण गरेका हुन्। वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति गरी १४७ जनालाई उक्त रकम हस्तान्तरण गरेका छन्।

ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति रु एक हजार पाँच सय र अपांगता भएका व्यक्तिलाई रु एक हजारका दरले हस्तान्तरण गरेको वडा कार्यालयले जनाएको छ। ‘निर्वाचनबाट म जनताको सेवाका लागि अध्यक्ष भएको हुँ’, वडाध्यक्ष कुँवरले भने, ‘जनताको करबाट हामीलाई दिइएको सुविधा गाउँमै दिने निर्णय लिएको हुँ।’

उनले आफ्नो कार्यकालभरी आउने सबै सुविधा वडाका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, असाहय र विपन्न परिवारलाई प्रदान गर्ने बताए। कुवँरले गत वर्ष पनि आएको सुविधा गाउँमै वितरण गरेका थिए।

‘वडा कार्यालय आउन नसेका वृद्धवद्धालाई घरमै गएर पनि रकम पुगाउँने छु’, कुवँरले भने, ‘राजनीति सेवा हो, जागिर होइन।’ तलबवापत पाएको रु दुई लाख ६३ हजार उहाँले एक कार्यक्रमको आयोजना गरी वितरण गरेका हुन्।

वडाध्यक्षले रकम वितरण गरेपछि गाउँका ज्येष्ठ नागरिक र अपागङ्गता भएका व्यक्तिमा खुशीयाली छाएको छ। ‘हाम्रा वडाध्यक्षको महानकार्यप्रति सलाम छ’, स्थानीय ८४ वर्षीय वृद्ध जयबहादुर विष्टले भने, ‘रकम भन्दा मान्छेको सामाजिक भावना ठूलो कुरो हो।’

हरेक निर्वाचनमा मत दिएर जनप्रतिनिधि चुने पनि आफूहरुले पहिलो पटक मनकारी वडाध्यक्ष पाएको स्थानीयवासीको भनाइ छ। स्थानीयवासी ७२ वर्षीय ऐनबहादुर सिंहले मनकारी अध्यक्ष पाएकोमा गाउँभरीका पाकापुस्ता हर्षित भएको बताए।

जनप्रतिनिधी पाएसँगै गाउँमा खानेपानी, सडक सञ्जाल विस्तार, नदी नियन्त्रणका लागि तटबन्धलगायतका पूर्वाधार विकास भएको सिंहको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad