ad ad

कारोबार


दोहोरो अंकले झर्‍यो सेयरबजार, समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो

दोहोरो अंकले झर्‍यो सेयरबजार, समृद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढ्यो

नेपालखबर
भदौ ३, २०७७ बुधबार १०:९,

सेयरबजार आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १६.६० अंकले र सेन्सिटिभ सूचक २.७१ अंकले घटेको हो।

१ सय ८५ कम्पनीको सेयर कारोबार भएको बजारमा २४ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन्। आजको कारोबार अवधिमा १६ हजार ८ सय ७५ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

उक्त खरिदबिक्रीमा ९७ करोड ६२ लाखको सेयर किनबेच भएको छ। कुल १२ समूहमध्ये सबैको कारोबार सूचक आज राताम्य भएको छ। सूचक धेरै घट्नेमा बीमा समूहहरु छन्।

कसको कारोबार बढी?
आज सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर किनबेच भएको छ। कम्पनीको ८ करोड ९ लाखको सेयर कारोबार भएको हो। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८१ लाखको, नेको इन्स्योरेन्सको ६ करोड ४४ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ६३ लाखको र साधना लघुवित्तको ३ करोड ९७ लाखको सेयर कारोबार भएको छ।

कसले कमाए?
आजको कारोबारमा समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ता अगाडि छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसपछि पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। कम्पनीको मूल्य प्रतिकित्ता ५.१३ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सामान्य दरमा सेयर मूल्य बढेको छ।

गुमाउने को?
यसैबीच, आजको कारोबारमा कम्पनीहरुले ३.८० प्रतिशतसम्म गुमाएका छन्। धेरै गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनीलगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .