ad ad

समाज


विवाह गर्छु भनेका युवाले नै किशोरीलाई भारत लगेर बेचे

विवाह गर्छु भनेका युवाले नै किशोरीलाई भारत लगेर बेचे

नेपालखबर
भदौ ३, २०७७ बुधबार ८:२९,

नुवाकोटका राजु तामाङले एक किशोरीलाई विवाह गर्छु भन्दै प्रेमको नाटक गरी भारतमा लगेर बेचेको खुलेको छ।

मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा आफूलाई भारतमा बेचेको भन्दै किशोरीले जाहेरी दिएपछि नुवाकोट जिल्ला तादी गाउपालिका वडा नं.३ खरानिटार घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका– २ बस्ने २ वर्षीय अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ।

१७ वर्षीया किशोरीलाई विवाह गर्छु भन्दै सुरुमा माया गरेका तामाङले काठमाडौंको गोंगबुस्थित फेसबुक गेस्ट हाउसमा लगेर पटक–पटक जबरजस्तीकरणी गरेको किशोरीले आरोप लगाएकी छन्। पछि राजुले आफ्नै साथीलाई ती किशोरीको जिम्मा लगाएका थिए।

उनका साथीले ती किशोरीलाई गोंगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काकडभिट्टा सीमा नाकाबाट भारत पु¥याएको प्रहरी अनुसन्धानमा खुलेको छ। भारतमा अपरिचित पुरुषको जिम्मा लगाएर ट्याक्सी चालक फर्किएका थिए।

भारतीय पुरुषले किशोरीलाई अश्लील भिडियो देखाई भिडियोमा जसरी नै करणी गरौं भन्ने गरेको पीडित किशोरीले प्रहरीसँग बताएकी छन्।

ती किशोरीलाई भारतीयले नेपालबाट रकम तिरेर किनेर ल्याएको हो भने धम्क्याउने गरेका ती किशोरीले प्रहरीलाई बयान दिएकी छन्। त्यस्तै रोजगारीमा लगाइदिन्छु भन्दै भारतका विभिन्न ठाँउमा लाने गरेको पीडित किशोरीले बताएकी छन्।

आफूमाथि शोषण भएपछि उनी भागेर एक नेपालीको सम्पर्कमा पुगेकी थिइन्। ती नेपाली पुरुषले उनलाई गत वर्ष असोजमा कैलालीको टिकापुरस्थित ईलाका प्रहरी कार्यालयमा बुझाएका थिए।

पीडितलाई केही समय एउटा संस्थामा राखेपछि उनलाई परिवारको जिम्मा लगाइएको थियो।

पक्राउ परेका तामाङलाई प्रहरीले मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार मुद्दा दर्ता गरेको छ। काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याथ थप गरेर अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता एसपी प्रभुप्रसाद ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .