समाज


एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा एकैसाथ कोरोना पुष्टि

एउटै बाहिनीका ४२ जना सशस्त्र प्रहरीमा एकैसाथ कोरोना पुष्टि

नेपालखबर
भदौ २, २०७७ मंगलबार २:२,

चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३ गढीमाई बाहिनीका ४२ जना प्रहरीमा एकैसाथ कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमा दुई महिला र ४० पुरुष छन्। भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा एकैपटक ४२ जना सशस्त्र प्रहरीमा संक्रमण देखिएको हो।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए। ६० जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए।

सुरुमा बाहिनीका नौ जनालाई ज्वरो आएको थियो। आठ जनालाई ज्वरो कम भएको छ। बाहिनीमा तीन सय भन्दा बढी सशस्त्र प्रहरी कार्यरत छन्। यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका सबै जिल्ला हेर्ने गर्छ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले बाहिनी कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेको बताइन्। ‘सबै प्रहरी भित्रै छन्। त्यसैले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान हामीले गरेका छौँ,’ उनले भनिन्।

सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनको भनाई छ।

सोमबार राति अबेर कोभिड-१९ प्रयोगशाला भरतपुरबाट ५० सङ्क्रमित भएको रिपोर्ट आएको छ। जसमध्ये ४६ चितवनका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad