रामेलु लुकाकु र लौटेरो मार्टिनेजको दोहोरो गोल मद्दतमा शाख्तर डोनिट्स्कमाथि ५-० जित निकाल्दै इन्टर मिलानले यूरोपा लिगको फाइनलमा स्थान बनाएको छ।
फाइनलमा अब मिलानले सेभिल्लाको सामना गर्नेछ। फाइनल खेल शुक्रबार हुनेछ।
मार्टिनेजले निकोलो बारेल्लाको क्रसमा हेडरमार्फत गोल गर्दै १९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा यही एक गोल गरेको इन्टरले दोस्रो हाफमा ४ गोल थप्यो।
६४औं मिनेटमा डानिलो डी' अमब्रोसियाले दोस्रो गोल गरे। त्यसको अर्को दशमिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल थपे।
लुकाकुले ७८ र ८३ मिनेटको पाँच मिनेटभित्र थप दुई गोल गर्दै मिलानलाई ५-० को जित दिलाए।

प्रतिक्रिया