ad ad

छापा खबर


कोरोना संक्रमितलाई मोटोपन खतरनाक

कोरोना संक्रमितलाई मोटोपन खतरनाक

नेपालखबर
भदौ २, २०७७ मंगलबार २:२८,

बढी मोटोपनले मानिसको स्वास्थ्यलाई सधैं जोखिममा राख्छ । मधुमेह, मुटु रोग, क्यान्सरजस्ता रोगका लागि घातक मानिने मोटोपन कोभिड–१९ संक्रमितका लागि पनि खतरनाक हुने विभिन्न अध्ययनले देखाएका छन्।

कोभिड–१९ उपचारमा संलग्न नेपाली चिकित्सकले मोटोपन बढी वजन भएका संक्रमितलाई निको हुन गाह्रो हुने भएकाले त्यसलाई कम गर्न ध्यान दिनुपर्ने सुझाएका खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।

विशेषगरी लकडाउनका बेला व्यायामको कमी र घरमै बसेर खाना खाइरहँदा मोटोपन झन् बढेको तर्क उनीहरूको छ।

नेपालमा हालसम्म कोरोना संक्रमित र यसबाट मृत्यु भइसकेकामा मोटोपनको असरबारे प्रामाणिक अध्ययन भने भएको छैन । अत्यधिक संक्रमित युवा र आप्रवासी कामदार भएकाले मोटोपनको समस्या नदेखिए पनि महामारी समुदायमा फैलँदा यो समस्या ठूलो हुँदै जाने देखिएको छ।

सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकाशन गरेको ‘नसर्ने रोगको जनसंख्यागत व्याप्ति’ नामक एक अध्ययन प्रतिवेदनअनुसार नेपालमा २३.५ प्रतिशत जनसंख्यामा अधिक तौल अर्थात् ‘ओभरवेट’ छ भने अधिक मोटोपन अर्थात् ‘ओबेसेटी’ रहेको जनसंख्या ७.२ प्रतिशत छ।

कोरोना संक्रमितको उपचारमा संलग्न नेपालका चिकित्सकहरू मोटोपनले संक्रमितलाई जोखिम बढाउने र उपचारका क्रममा ‘खराब नतिजा’ का लागि यो कारक बन्ने बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फिजिसियन तथा कोभिड व्यवस्थापन समिति संयोजक डा.सन्तकुमार दास मोटोपन तथा अत्यधिक तौल संक्रमित हुनलाई कारक नभएको तर संक्रमण भइसकेको अवस्थामा खराब नतिजाका लागि जिम्मेवार रहेको मान्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .