समाज


कोरोनाबाट थप तीन जनाको मृत्यु, आईसीयूमा ११३ र भेन्टिलेटरमा ६ को उपचार हुँदै

कोरोनाबाट थप तीन जनाको मृत्यु, आईसीयूमा ११३ र भेन्टिलेटरमा ६ को उपचार हुँदै

नेपालखबर
भदौ १, २०७७ सोमबार ११:५४,

कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहत, मोरङ र काठमाडौंमा गरी ३ जनाको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष र काठमाडौंमा ५८ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ।

आज देशभरि ५ सय ८१ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। देशभर आईसीयूमा १ सय १३ जना उपचाररत रहेका छन्। नम्बर १ मा १ जना, प्रदेश नम्बर २ मा ४१ जना, वाग्मती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश नम्बर ५ मा ११ जना संक्रमित उपचाररत रहेका छन। वाग्मती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।

आज देशभरीका आइसोलेसनमा ९ हजार ६ सय ३९ जना उपचाररत रहेका छन्। जसमा प्रदेश नम्बर १ मा ९ सय १०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ६७, बागमती प्रदेशमा २ हजार २ सय १८ र गण्डकी प्रदेशमा २ सय ९७ जना आइलोसेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३५, कर्णाली प्रदेशमा २ सय १२ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९९ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ३८ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर १ मा १ सय २२, प्रदेश नम्बर २ मा २ हजार १ सय ७० र बागमती प्रदेशमा १ सय ११ होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८५, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिम प्रदेशमा १२ गरी २ हजार ६ सय १ जना होम आइसोलेसनमा रहेका छन ।

आज १ सय ६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १ सय १२, प्रदेश नम्बर २ मा ३ हजार ७ सय १०, बागमती प्रदेशमा ७ सय २ र गण्डकी प्रदेशमा १ हजार ५ सय ३२ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २ सय ७ गरी आजसम्म १७ हजार ४ सय ९५ जना संक्रमित डिस्चार्ज भएका छन ।

क्वारेन्टिनमा १५ हजार १ सय ९८ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ३ सय २०, प्रदेश नम्बर २ मा १ हजार ५ सय ४५, बागमती प्रदेशमा १ हजार ७ सय ३६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ३१ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार १ सय ७, कर्णाली प्रदेशमा ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ८९ जना क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad