समाज


हाेटलकाे काेठाबाट तीन लाख नगदसहित ७ जुवाडे पक्राउ

हाेटलकाे काेठाबाट तीन लाख नगदसहित ७ जुवाडे पक्राउ

नेपालखबर
साउन ३२, २०७७ आइतबार ९:४२,

प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बाट ७ जना जुवाडेलाई जुवाखालबाटै पक्राउ गरेको छ।

स्थानीय कुमार श्रेष्ठ र प्रधुम्न वैद्यको सगुन होटलमा कौडा खेलिरहेको अवस्थामा नगद २ लाख ९१ हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ बस्ने ५१ वर्षीय मानबहादुर लोप्चन, ४२ वर्षीय मान बहादुर गुरुङ, सर्लाही बागमती नगरपालिका–१ बस्ने ४१ वर्षीय तारा कुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिका–८ बस्ने ३७ वर्षीय जयराम दास, कलैया उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय बिनोद प्रसाद यादव, सल्यान बढीमालिका नगरपालिका–८ बस्ने ३२ वर्षीय भूबन चन्द र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ बस्ने २५ वर्षीय पदम नेवार रहेका छन्।

सो होटलमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले होटलको २०५ नम्बरको कोठाबाट नगद र कौडासहित उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad