पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो जाँदा मुग्लिन नारायणगढ सडक अवरुद्ध बनेको छ।
फिस्लिङको पानीधारा र चुमखोलामा गएराति पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको हो। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो प्रहरीले जनाएको छ।
अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ।
पहिरो खसेपछि सवारी साधन पूर्णरुपमा रोकिएका छन्।

नारायणगण मुग्लिन सडक हुँदै पोखरातर्फ जाने गाडी भने सोमबार बिहानैदेखि सञ्चालनमा आएका छन्।
Shares

प्रतिक्रिया