आज (सोमबार) पनि राजधानी काठमाडौँसहित देशका विभिन्न जिल्लामा बाढीको जोखिम देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार आज ५ जिल्लामा बाढीको उच्च जोखिम र ३१ जिल्लामा मध्यम जोखिमको सम्भावना देखिएको छ।
बाढी महाशाखाले भनेको छ, ‘आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना र झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
बाढी महाशाखाले उच्च जोखिम भएका ५ जिल्लालाई सुन्तला (अरेन्ज) र मध्यम जोखिम देखिएका ३१ जिल्लालाई पहेँलो (एल्लो) रङमा राखेको छ।


Shares

प्रतिक्रिया