समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ।
महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। संक्रमित हुनेमा १९ महिला २४ पुरुष रहेका छन्।
संक्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६÷६ जना , विराटनगर २ र ५ का ४ ÷४ जना, विराटनगर ४ का ३ जना र विराटनगर ८ का १ जना रहेका छन्।
यसअघि प्रदेश १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना संक्रमित थप भएका थिए। संक्रमितको संख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको संख्या ८६ जना रहेका छन्। रासस
3
Shares

प्रतिक्रिया