समाज


सीआईबीका नाममा ठग्ने पत्रकार सीआईबीकै फन्दामा

सीआईबीका नाममा ठग्ने पत्रकार सीआईबीकै फन्दामा

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ९:१८,

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरीलाई घुस दिन भन्दै रकम माग्ने व्यक्ति पक्राउ परेका छन्। सीआईबीको टोलीले धादिङको निलकण्ठ नगरपालिका १४ का ३६ वर्षीय शंकर प्रसाद अधिकारीलाई पक्राउ गरेको हो।

अधिकारीले एक व्यक्तिलाई अख्तियारमा मुद्दा परेको छ, मुद्दा सदर भई पक्राउको लागि सीआईबीमा पत्राचार भइसकेको भन्दै डर देखाएका थिए। मुद्दा हेर्ने सीआईबीका प्रहरी निरीक्षकले ५ लाख रुपैयाँ दिए मुद्दा ढुस बनाउने नत्र कुनै पनि समयमा पक्राउ गर्छ भन्दै रकम अशुलेको पाइएको सीआईबीले जनाएको छ।

आलोचना साप्ताहिक पत्रिकाको सम्वादाता बताउने अधिकारी तारकेश्वर नगरपालिका ११ मा डेरा गरी बस्छन्। बसुन्धाराबाट पक्राउ परेका अधिकारीले अन्य व्यक्तिलाई पनि गठेको हुन सक्ने सीआईबीक प्रमुख डीआईजी सहकुल थापाले बताए। थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त महाराजगन्ज पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad