विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय आजीवन सदस्य सुनिल शर्मा पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरले उनलाई बूढानीलकण्ठबाट बिहीबार पक्राउ गरेको हो।
उनले दैनिक भारत र उफ्ता भारत नामक सञ्चारमाध्यमको नेपाल व्युरो प्रमुख समेत रहेको बताएका छन्। फेसबुकमा प्रधानमन्त्रीविरुद्ध अफबाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनले फेसबुकमा, ‘प्रधानमन्त्री केपी ओलीको हत्या गर्न भारतीय सार्फसुटर नेपाल प्रवेश गरेका छन्, सुरक्षा निकायको ध्यान जाओस्’ भन्दै पोष्ट गरेका थिए।
विराटनगर घर भएका शर्मा काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए। यसअघि समेत उनले यस्ता अफवाह फैलाएको आरोप छ।

प्रतिक्रिया