नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले कोरोनाको संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेका प्रदेश १ मा ८ पुरुष, प्रदेश २ मा २८ पुरुष ११ महिला गरी ३९ जना, बागमती प्रदेशमा १३ पुरुष ५ महिला गरी १८ जना र गण्डकी प्रदेशमा ६ पुरुष रहेका छन्।
त्यस्तै प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष, सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जनाले ज्यान गुमाएका छन्।
प्रवक्ता गौतमका अनुसार ज्यान गुमाउनेमा जम्मा ७३ पुरुष र २२ महिला ९५ जना रहेका छन्।
3
Shares

प्रतिक्रिया