राजनीति


ओलीसँग छलफललगत्तै प्रचण्ड पुगे थापागाउँ

ओलीसँग छलफललगत्तै प्रचण्ड पुगे थापागाउँ

नेपालखबर
साउन २९, २०७७ बिहिबार ११:१०,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा छलफल गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु छुट्टै छलफलमा जुटेका छन्।

काठमाडौंको थापागाउँमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश ५ का केन्द्रीय सदस्यहरुलाई पार्टीमा भइरहेको पछिल्लो गतिविधिबारे जानकारी गराइरहेको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीसँगको भेट सकारात्मक रहेको र भोलि शुक्रबार फेरि बसेर छलफल गर्ने सहमति गरेलगत्तै प्रचण्ड, खनाल, नेपाल र श्रेष्ठ थापागाउँ पुगेका हुन्।

यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुलाई प्रशिक्षणात्मक ‘ब्रिफिङ’ गरेका प्रचण्ड–नेपाल समूहले साउन २१ गते पनि तिनै नेताहरुले पत्रकारलाई पार्टीभित्र देखिएको विवादबारे जानकारी गराएका थिए।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीसँग भोलि शुक्रबार आज भएको भेटबारे समेत ‘ब्रिफिङ’ गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad