समाज


जीप दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते, दुईको अवस्था गम्भीर

जीप दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते, दुईको अवस्था गम्भीर

नेपालखबर
साउन २८, २०७७ बुधबार १५:५,

जिल्ला सदरमुकाम गमगढीबाट जिल्लाकै सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको बोलेरो जीप आज दुर्घटना हुँदा गाडीमा सवार एकजना यात्रुको मृत्यु हुनाका साथैै १० जना घाइते भएका छन्।

सोरु गाउँपालिकातर्फ जाँदै गर्दा छायाँनाथ रारा नगरपालिका–३ निगाले गाउँ नजीकै (साधेपानी भन्ने स्थानमा) क१ज ३२ नंको बलेरो जीप सडकबाट १०० मिटर तल खसेको थियो।

छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरुमा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, सोही गाउँपालिका वडा नं ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नं ९ कालैका रघु विटालु, भक्त लावड, वडा नं ३ कमलराज बुमी र वडा नं ७ ख्यालचका रुपलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी गराए।

घाइतेहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ भने सोरु गाउँपालिका–५ का ६२ वर्षीय राजबहादुर शाही र वडा नं ७ का रुपलाल बुढाको अवस्था गम्भीर भएकाले जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नका लागि रिफर गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad