समाज


मोटरसाइकल दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु, आमा छोरी घाइते

मोटरसाइकल दुर्घटनामा हजुरबुवा र नातिनीको मृत्यु, आमा छोरी घाइते

नेपालखबर
साउन २८, २०७७ बुधबार १४:५४,

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा बालिकासहित चार जना सवार थिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका निवासी ४५ वर्षीय कासिम अन्सारी र ३ वर्षीया नातिनी फरना खातुन रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा परी मृतककी ४० वर्षीया श्रीमती रोशना खातुन र २५ वर्षीया छोरी समसुन खातुन गम्भीर घाइते भएका छन्। उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad