पश्चिम नवलपरासीको प्रतापुर गाँउपालिका–५ बसहीयाबाट सशस्त्र पहरी टोलीले विभिन्न किसिमका लागुऔषधसहित सोही ठाउँ बस्ने ३५ वर्षीय धाहारी ओईरीलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा बेस भैरमपुरबाट खटिएको एपीएफ टोलीले निज ओईरीलाई जाँच गर्दा उनको साथमा वीन स्पास्मो फोर्ट ट्याब्लेट दुई सय ८८ वटा, स्पास्मो प्रोक्सिभन प्लस ट्याब्लेट एक सय ४४ वटा र ओनारेक्स १९ बोतल फेला परेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका निज ओईरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ स्थित मुसर्हवा नाकाबाट एपीएफ टोलीले विभिन्न किसिमको लागुऔषधसहित पर्सा जिल्लाको बीरगंज उपमहागनरपालिका १६ नगवा बस्ने १९ वर्षीय सनिलकुमार साहलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले निज साहलाई शंका लागि जाँच गर्दा उनको साथमा वीन सिरेक्स एक बोतल र नाईट्रोभेट ट्याब्लेट नौ वटा फेला परेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका निज साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।
चोरीपैठारीको सामानसहित पक्राउ
यता, सिरहा जिल्लाको बरियारपट्टी गाँउपालिका १ कसनरीस्थित सीमा ईलाकाबाट साउन एपीएफ टोलीले चोरीपैठारीको ६ बोरा सुर्तिजन्य पदार्थ तथा किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही जिल्लाको धनगढीमाई नगरपालिका ४ बस्ने २४ वर्षीय महेश सिंह छन्।
भातरबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त सुर्तीजन्य पदार्थ र किराना सामानसहित निज सिंहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
एपीएफ टोलीले त्यसवेला उक्त सुर्तीजन्य पदार्थ ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल समेत बरामद गरेको छ। त्यसवेला एक जना मोटरसाईकल चालक एपीएफ टोलीलाई देख्नासाथै मोटरसाइकल तथा उक्त सामान छोडी भागी फरार भएका थिए।
पक्राउ परेका सिंहलाई बरामद सामान र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ।

प्रतिक्रिया