समाज


कान्तिपुरका वरिष्ठ पत्रकार बानियाँ मकवानपुरमा मृत फेला

कान्तिपुरका वरिष्ठ पत्रकार बानियाँ मकवानपुरमा मृत फेला

नेपालखबर
साउन २८, २०७७ बुधबार ८:१७,

पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्।

कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन थिए।

मकवानपुरको सिस्नेरीस्थित वागमती नदीमा मंगलबार फेला परेको शव बानियाँको भएको प्रहरीले पुष्टि गरेको छ।

काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार मकवानपुरमा भेटिएको शव उनको भएको परिवारले सनाखत गरेका छन्।

सोमबार नै बल्खुमा अन्तिम सम्पर्कमा देखिएका बनियाँलाई बागमतीले बगाएर त्यहाँ पु¥याएको हुनसक्ने अनुमान गरिएको छ।

बुधबार बिहान मात्रै उनी तीनदिनदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले निवेदन दिएको थियो।

उनको परिवारले पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ।

बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्।

याे पनि: 
पत्रकार बलराम बानियाँ सम्पर्कविहीन, खोजतलासका लागि प्रहरीमा निवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad