कोरोना संक्रमितहरु बढ्नथालेपछि सरकारले भारततर्फका सीमा नाकाबाट आवतजावतमा फेरि कडाइ गरेको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारततर्फका १० नाकाबाट मात्रै नेपाल आउन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जनाएका हुन्। ।
भारतबाट स्थल हुँदै नेपाल आउने नेपालीहरुले अब यी नाकाहरुबाट मात्र प्रवेश पाउनेछन्।
प्रवक्ता खतिवडाका अनुसार काँकडभिट्टा (झापा), रानी (मोरङ), मादर (सिरहा), गौर (रौतहट), वीरगञ्ज (पर्सा), बेलहिया(रुपन्देही), कृष्णनगर (कपिलवस्तु), जमुनाहा (बाँके), गौरीफन्टा (कैलाली) र गड्डाचौकी (कञ्चनपुर) जिल्लाबाट मात्र नेपाल आउन पाइनेछ।
3
Shares

प्रतिक्रिया